30.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको महाशिला गाउँपालिकामा श्रव्य सूचना सेवा संचालन

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले श्रव्य सूचना सेवा संचालनमा ल्याएको छ ।गाउँपालिकाका सेवा सुविधा प्रत्यक्ष रुपमा नागरिकले थाहा पाउन सकुन भनेर श्रव्य सूचना सेवा संचालनमा ल्याएको हो । अब गाउँपालिकामा के कस्ता कार्यक्रमहरु छन्, के के कागजात आवश्यक पर्छ, कहिलेसम्म र कहाँ सम्पर्क गर्नुपर्छ जस्ता सवै सूचनाहरु लाभग्राहीहरुले फोन मार्फत जानाकारी पाउन सक्ने भएका छन् ।गाउँपालिकाले त्यसका लागि छुटै निशुल्क नम्वरको व्यवस्था गरेको छ । सेवाग्राहीले गाउँपालिकाको सुचनाहरु सुन्नको लागी १६१८०६७७७०००१ मा फोन गर्नुपर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत नरबहादुर बरालले जानकारी दिनुभयो । यो सेवाले पढ्न नजान्ने वा दृष्टिबिहीनहरुका लागि समेत सहज हुने भएको छ ।
सुचना सुनेपछि जोसुकै सेवाग्राहीले समेत सम्वन्धित वडा कार्यालय र गाउँपालिकामा गएर सेवा लिन सक्ने बरालले जानकारी दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज