25.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतका महिला पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम

पर्वत-पर्वतको कुश्मामा महिला संचारकर्मीहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । संचारिका समुह नेपाल जिल्ला शाखा पर्वतको आयोजना तथा कुश्मा नगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो । पर्वतका विभिन्न संचार माध्यम रेडियो,पत्रपत्रिका तथा अनलाइन पत्रिकामा काम गर्ने महिला पत्रकारहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संचारिका समुह पर्वतका अध्यक्ष बिष्णु गौतमले जानकारी दिनुभयो । तालिमले महिलाहरुमा आत्मविश्वास बढ्नुका साथै पत्रकारिताको आचारसंहितामा रहेर काम गर्न प्रेरित गर्ने बताउनुभयो । महिलाहरूका लागि संचालन गरिएको तालिमले बोल्न, लेख्न र पेशागत दक्षतामा वृद्धि गर्ने गौतमले विश्वास व्यक्त गर्नुभयो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशिले कुशल संचारकर्मी बन्नका लागि महिलाहरुले आफ्नो क्षमता तथा सीप विकासमा जोड दिनुपर्ने बताउनुभयो । 

जिल्लामा रहेका पत्रकारहरुको पेसागत क्षमता अभिवृद्धिका लागि कुश्मा नगरपालिकाले सहयोग गर्दै आइरहेको उहाँले बताउनुभयो । महत्त्वपूर्ण तालिम आयोजना गरेकोमा संचारिका समुहलाई धन्यवाद दिदै सहभागीलाई सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष गोपि अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छवि तिवारी, पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओम प्रसाद घायल,प्रेस चौतारी पर्वतका इन्चार्ज गणेश गिरी, पन्चासे एफएमका स्टेशन मेनेजर लक्ष्मण सापकोटा, समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्मा,गैसस महासंघका गणेश बहादुर क्षेत्री लेखक संघका केन्द्रिय सदस्य सरस्वती शर्मा जिज्ञासुले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा संचारिका समुह पर्वतका संस्थापक अध्यक्ष माया अधिकारीलाई पर्वत शाखाले सम्मान गरेको छ । सन्चारिका समुह पर्वतका अध्यक्ष बिष्णु गौतमको अध्यक्षता, कोषाध्यक्ष कमला लामिछानेको स्वागत मन्तव्य र कार्यक्रमको संचालन समुहका सचिव संगिता केसिले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज