30.1 C
Kathmandu
Saturday, July 27, 2024

मोटरसाइकल चोरी गर्ने पकुवाका दुई युवा पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा पर्वतकै कुश्मा नगरपालिका–११ पकुवाका २८ वर्षीय सन्तोष बि.क र सोही ठाउँका १८ वर्षीय राजन परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार उनीहरूमाथि गत असार तीन गते जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारका याम बहादुर के.सी.को मोटरसाइकल चोरी गरेको आरोप लागेको हो । के.सी. ले प्रहरीमा दर्ता गराएको जाहेरीमा दुई गते साँझमा आफ्नै घर अगाडि ध १ प २४९२ नं. को बजाज कम्पनीको डिस्कोभर मोटरसाइकल पार्किङ गरी राखेकोमा तीन गते बिहान करिब पाँच बजेको समयमा चोरी भएको उल्लेख गरिएको छ ।
उजुरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरीमा संलग्न रहेको भन्दै बि.क र परियारलाई पक्राउ गरेको हो । उनीरुलाई मोटरसाइकल चोरी भएकै दिनमा आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा फेला पारिएको पनि प्रहरीले बताएको छ ।
उनीहरूका विरुद्ध आइतबार चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज