30.1 C
Kathmandu
Saturday, July 27, 2024

कुर्घामा १६ हप्ते आई.पी.एम. कृषक पाठशाला गोष्ठी सम्पन्न

पर्वत । गोलभेडा खेतीमा बढ्दो बिषदीलाई न्यूनिकरण गर्नको लागि एवम् स्वस्थ बाली उत्पादन, वातावरण संरक्षण र पर्यावरण सन्तुलन लगायतका विषयमा कृषकहरुलाई सचेत गराउने उद्देश्यले आयोजित १६ हप्ते आई.पी.एम. कृषक पाठशाला गोष्ठी सम्पन्न भएको छ । पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा संचालित आई.पी.एम. कृषक पाठशाला माघ १ गतेबाट शुरु भएको हो । शनिवार कृषक दिवसको अवसर पारेर पाठशालाको समापन गरिएको हो ।

जिल्लामा पछिल्लो सयम बालीनालीमा विभिन्न किसिमका रोगकीराको समस्या बढ्दो छ । रोगकिराहरुको व्यवस्थाका लागि कृषकस्तरमा जथाभावी विषादीको प्रयोग बढ्दै गईरहेको देखिन्छ । विषादीको जथाभावी प्रयोगको न्यूनिकरणका लागि मुख्यमन्त्री जलबायुमैत्री नमुना गाउँ कार्यक्रम मार्फत भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्र पर्वतको आयोजना एवम् हराभरा सामजिक उद्यमी महिला सहकारी संस्थाको समन्वयमा तालिमको आयोजना गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार संरक्षित संरचनामा गोलभेडा खेती गदै आएका कृषकहरुले आधुनिक खेती प्रविधि अवलम्वन गर्नका लागि समस्या भोगिरहेका तथा गोलभेडामा पात खाने किरा, डढुवा रोग, ओइलाउने रोग लगायतका विभिन्न समस्या भोग्दै आएको सन्दर्भमा पाठशालाले उत्पन्न समस्याहरुको स्वपहिचान तथा समस्याको दिगो व्यवस्थापनका उपायहरुको अवलम्वन गर्न प्रेरित गरेको छ । पाठशालामा सहभागी कृषकहरुमा विषयवस्तुको ज्ञान, नेतृत्व क्षमता विकास, संगठनात्मक विकास जस्ता आयामहरुको विकासमा टेवा पुगेको थापाको भनाई छ ।

कार्यक्रममा भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्रालयका मन्त्री चन्द्रवहादुर बुढा, फलेवास नगरपालिका मेयर गंगाधर तिवारी, मन्त्रालयका सचिव डाक्टर हरिवहादुर केसी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मी र सहभागीको तर्फदेखी दानवहादुर क्षेत्री लगायतले बोल्नुभएको थियो ।

कृषि ज्ञान केन्द्रका प्रमुख थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हराभरा सामजिक उद्यमी महिला सहकारी संस्थाका निवर्तमान अध्यक्ष शोभाकुमारी क्षेत्रीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य प्राविधिक सहायक कामना न्यौपाने र कार्यक्रमको संचालन प्रशिक्षक विश्वास काफ्लेले गर्नुभएको थियो ।
कार्यक्रमको सभापन कार्यक्रममा सहभागीहरुले भजन, कृतन, गित, नाटक, कविता प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको अवसरमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

गण्डकी संचारबाट सभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज