25.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको देउपुरका बालकको स्विमिङ पुलमा डुबेर मृत्यु

पर्वत/पोखराको तेर्सापट्टी स्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।

पर्वत जिल्लाका् मोदी गाउँपालिका वडा नं. २ देउपुर घर भइ हाल पोखरा ५, मालेपाटन बस्दै आएका १३ वर्षीय दिपेश शर्माको शनिबार पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

शनिबार अन्दाजी दिउँसो ४ बजेको समयमा पोखराको तेर्सापट्टी स्थित चन्द्र मथुरा (सीएम) स्विमिङ पुलमा पौडी खेल्ने क्रममा गहिराईतर्फ जाँदा डुबेर किशोरको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। आमा र भाइसँगै पौडी खेल्न गएका उनी एक्कासी डुबेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

उनी डुबेको केही समयपछि मात्र थाहा भएपछि तत्काल उद्धार गरी उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हाल घटनाबारे अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।

सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासी पुलमा खसेको बताइएको छ । पुलमा लाइफ गार्डहरुले लापाबार्ही गर्दा शर्माको ज्यान गएको आफन्तले आरोप लगाएका छन । पौडी खेल्न नजान्ने बालकलाई १२ फिट गहिराईमा पौडिन दिइएको कारण नै ज्यान गएको भनाई आफन्तको छ । स्विमिङ पुल सञ्चालकले लापाबार्ही गरेका कारण यस बिषयमा छानविन हुनुपर्ने र दोषीलाई काबार्ही गर्नुपर्ने माग मृतकका आफन्तले गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज