25.1 C
Kathmandu
Saturday, July 27, 2024

तनहुँकाे आँबुखैरेनीमा भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ ।

निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

कार भने नदीमा पुगेको छ । ‘कार पहिराेले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ’, उहाँले भन्नुभयो, ‘कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।’

उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताउनुभयो । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज