28.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको विपद व्यवस्थापनको वैठक सम्पन्न,रोकथामका लागि स्थानीय सरकार प्रमुखको चासो

पर्वत । विपद व्यवस्थापन समिति पर्वतको बैठक बसेर वर्खायाममा हुन सक्ने जोखिमका विषयमा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय सरकारका प्रमुखहरु तथा विषयगत समितिका प्रमुखहरुले वर्खायाम अगाडी नै विपदको पूर्व अनुमान गरेर पूर्व तयारीमा बस्ने, प्रतिकार्य योजना लाई प्रभावकारी बनाउने, जोखिमको अवस्था पहिचान गर्ने, सतर्कता अपनाउन सूचित गर्ने तथा राहात र उद्धारका लागि पनि सबैले तयारी गर्ने बारेमा बैठकमा छलफल भएको छ ।

मौसम पूर्वानूमान महाशाखाले यो वर्ष विगतमा भन्दा बढि वर्षा हुनसक्ने पूर्वानूमान गरेको छ । गतवर्ष पनि मौसम पूर्वानूमान महाशाखाले विपदको खतरा रहेको औल्याएको थियो । मौसम पूर्वानूमान महाशाखाको अनुमान अनुसार गतवर्ष धेरै वर्षा र विपदका घटना पनि धेरै भएका थिए । विगतको अवस्था हेरेर अहिले देखि नै पूर्व तयारी गर्न सरोकारवालाहरुलाई सुझाव दिईएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

विपद आएपछि उद्धारमा जुट्ने भन्दा पनि पूर्व तयारी अवस्थामा रहनुपर्छ भन्ने मान्यता अनुसार विपद व्यवस्थापन समितिले सचेत गराएको सापकोटाले बताउनुभयो । बैठकमा स्थानीय तहका प्रमुखहरुले विपद व्यवस्थापनका लागि गर्न सक्ने तयारीका बारेमा जानकारी गराउनुभएको थियो । पूर्व तयारी स्वरुप स्थानीय सरकारले संभावित खतरा रहेको स्थानमा रोकथाम र नियन्त्रणको काम गर्न पनि सुझाव दिनुभएको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुश्मा नगरपालिकामा गतवर्ष बाढि पहिरोले पु¥याएको क्षती र यो वर्ष हुनसक्ने जोखिमको बारेमा जानकारी दिनुभयो । गतवर्ष बाढि पीडितलाई नगरपालिका, विपद व्यवस्थापन समिति र विभिन्न संघसंस्थाको सहयोगले राहातको व्यवस्था गरेपनि व्यवस्थित रुपमा पुनस्र्थापना गर्न नसकिएको बताउनुभयो ।

दुर्लुङ, पकुवा, दोबिल्ला, चुवा, कुश्मा नगरपालिका ४ को उपल्लो वस्ती तथा कालीगण्डकी तटिय क्षेत्रमा बढि जोखिम रहेको जोशीले जानकारी दिनुभएको थियो । बाढिपीडितलाई सुरक्षित स्थानमा सार्न भन्दै संघीय र प्रदेश सरकार समक्ष निरन्तर माग गरिरहेको जोशीले अवगत गराउनुभएको थियो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जलजलाको वारीबेनी, लस्ती, खनियाँघाट, मिलनचोक लगायत क्षेत्रमा कालीगण्डकीको कटानले जोखिम भएको बताउनुभयो ।

कालीगण्डकी लोकमार्ग विस्तारको काम भैरहेकाले सडक भन्दा तल र माथी रहेका बस्तीमा पनि जोखिम रहेको आचार्यले बताउनुभयो । कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले विपद जानकारी दिएर नआउने भएकाले पूर्व तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । बाढि पहिरोले निम्ताउने विपदको व्यवस्थापनमा अहिले देखि नै तयारी गर्न पनि तिवारीले सुझाव दिनुभयो । महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसाल सहित जिल्लाका विभिन्न विषयगत कार्यालयका प्रमुखहरुले आफ्नो तयारीका बारेमा धारणा राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज