25.1 C
Kathmandu
Saturday, July 27, 2024

कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराउनुभएको हो । यसमा कृषि सङ्कलन केन्द्र निर्माण गर्ने तथा कृषि एम्बुलेन्सको व्यवस्थापन, कृषि बीमा विस्तार गर्ने लगायतका कार्यक्रम रहेका छन् ।
सरकारले उखु किसानलाई सहुलियत दिनका लागि ८१ करोड रुपैयाँ रकम विनियोजन गरेको छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज