25.1 C
Kathmandu
Saturday, July 27, 2024

आर्थिक विकासमा हेपिएको समाजका लागि काम गर्ने छु : अध्यक्ष मल्ल

पर्वत । महाशिला गाउँपालिका वडा नं ५ का नवनिर्वाचित वडा अध्यक्ष चन्द्र बहादुर मल्लले आर्थिक विकासमा हेपिएको समाजका लागि आफुले काम गर्ने बताएका छन् । बुधबार वडा अध्यक्षको पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । मल्लले ठुला सपना देखाएर समाजको परिवर्तन नहुने बताउँदै वडावासीको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने कामहरु गर्ने बताए । उनले स्थानिय स्रोत साधनको भरपुर प्रयोग गरी सवृद्ध वडाको परिकल्पना साकार पार्ने बताए । मल्लले अहिलेको युग प्राविधिक युग भएकाले समाजलाई प्रविधिसंग समावेश गर्ने बताए । त्यस्तै मल्लले वडाका हरेक नागरिकलाई उद्यममा जोडी आत्मनिर्भर गराउँने बताए । मल्ल नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज