25.1 C
Kathmandu
Saturday, July 27, 2024

महाशिला गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र पुरानालाई विदाई कार्यक्रम सम्पन्न

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत र पुरानालाई विदाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी नयाँलाई स्वागत र पुरानालाई विदाई गरिएको हो ।

नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित इश्वरी भुषाललाई र एमाले कै तर्फबाट उपाध्यक्षमा निर्वाचित धनसुवा वि.कलाई निवर्तमान अध्यक्ष राजु पौडेल,उपाध्यक्ष हिरा राना र कार्यालयका कर्मचारीहरुले स्वागत गरेका हुन् । साथै सोही कार्यक्रममा निवर्तमान अध्यक्ष राजु पौडेल,उपाध्यक्ष हिरा राना र ६ वटै वडाका वडाअध्यक्षहरुलाई सम्मान सहित विदाई गरिएको छ ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष राजु पौडेलले आफुले पाँचवर्षको कार्यकालमा थुप्रै राम्रा काम गरेको बताउँदै ति कामहरुलाई निरन्तरता दिन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो ।
मंगलबार नै नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण लगतै उनीहरुले महाशिला गाउँपालिकामा संचालित लिप्ट खानेपानीको विद्युत महशुल गाउँपालिकाले तिर्ने पहिलो निर्णय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज