28.1 C
Kathmandu
Saturday, July 27, 2024

कुश्मा ६ मा कक्षा ५ सम्मका विद्यार्थीलाई निशुल्क पोशाक, बृद्ध भत्ता घर-घरमै

पर्वत । कुश्मा नगरपालिका वडा न ६ का वडाअध्यक्ष इश्वर गिरीले पदभार ग्रहण गरेका छन् । कुश्मा नगरपलिकाका प्रमुख रामचन्द्र जोशीबाट सपथ ग्रहण गरे लगतै गिरीले मंगलबार नै पद भार ग्रहण गरेका हुन् । गिरीसंगै वडा सदस्यहरुले समेत पदभार गरेका छन् ।

वडा कार्यालयले पदभार ग्रहण गरेसंगै पहिलो निर्णय बृद्ध भत्ता घर घरमै लैजाने निर्णय गरेको छ । नगरपालिका भित्र वैंकिङ प्रणाली मार्फत वितरण हुँदै आएको भत्ताका कारण जेष्ठ नागरिकहरु वैंकमा लाईनमा बस्नुपरेको कुरालाई मध्य नजर गर्दै जनप्रतिनिधिहरु कर्मचारीहरुको प्रयासमा घर घरमै भत्ता पुराउने निर्णय गरेको वडाअध्यक्ष इश्वर गिरीले जानकारी दिए ।

वडा न ६ मा नेकपा एमालेको तर्फबाट ५ जना उमेदवार नै विजयी भएका छन् । पदभार ग्रहण कार्यक्रम पछि वडा कार्यालयले यस बर्ष वडा कार्यालय भित्र रहेका सामूदायिक विद्यालयहरुका १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई निशुल्क ड्रेृस वितरण गर्ने भएको छ ।

वडाअध्यक्ष गिरीका अनुसार आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निशुल्क ड्रेस वितरण गर्न लागिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज