28.1 C
Kathmandu
Saturday, July 27, 2024

१८ वर्षमाथिका विद्यार्थीलाई आजदेखि खोप दिने

काठमाडौं ४ भदौ । आज (शुक्रबार)देखि १८ वर्षमाथिका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ । चिनियाँ खोप भेरोसेलको पहिलो डोज विद्यार्थीलाई दिइने भएको हो । नेपालमा १८ वर्षमाथिका विद्यार्थीलाई पहिलो पटक खोप दिन लागिएको हो ।

कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने छ । शनिबार पनि खोप दिइने छ । त्यस्तै आगामी भदौ ८ गते पनि विद्यार्थीलाई विभिन्न खोप केन्द्र र अस्पतालमार्फत खोप उपलब्ध गराइने छ ।

विद्यार्थीले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् । त्यस्तै वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–महाराजगञ्जबाट पनि विद्यार्थीहरुले खोरोना खोप लगाउन पाउने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज