30.1 C
Kathmandu
Saturday, July 27, 2024

नियमित विद्युत आपुर्तिको माग गर्दै पर्वत उद्योग वाणिज्य संघले बुझायो बिद्युत कार्यालयलाई ज्ञापनपत्र

पर्वत । पर्वत उद्योग बाणिज्य संघले नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार संघका पदाधिकारीले कार्यालय प्रमुख शिवनारायण गौसेलीलाई नियमित विद्युत आपुर्तिको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भएनिएको छ “विद्युतको नियमित उपलब्धता बिना उद्योग व्यवसाय सुचारु हुन सक्दैनन् बिगत वर्षहरुमा लोडसेडिङ्ग अन्त्य भएकोले उद्योगको स्थापना र बिकासमा उर्जा संकट नरहेको अबस्थामा हाल आएर जुनसुकै समयमा पनि बिना सूचना विद्युत सेवा बन्द हुने, हाई भोल्टेज आउने कारणले गर्दा मेसिन औजारहरुमा खराबी आएको उद्योगको उत्पादनमा ह्रास आएकोले यस गम्भीर समस्या प्रति पर्वत उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।”

साथै संघले उद्योगी व्यवसायीहरुलाई विद्युत संकटबाट पुग्न गएको क्षति प्रति नेपाल विद्युत प्राधिकरण,सम्पूर्णरुपमा जवाफदेहि हुनु पर्ने माग समेत गरको संघका सदस्य नारायण बहादुर केसीले जानकारी दिए । पर्वतमा पछिल्लो समय बारम्बार बिद्युत सेवा बन्द हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज