28.1 C
Kathmandu
Saturday, July 27, 2024

अस्वस्थकर खानपानबाट बर्सेनि ५५ करोड मानिस बिरामी

काठमाण्डाै – खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइँदैछ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’  भन्ने नाराका  साथ  यस  वर्षको  खाद्य  स्वच्छता दिवस सुरु भएको हो ।

दिवस आउँदो २४ गतेसम्म मनाइनेछ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीका अनुसार खाद्य स्वच्छता सप्ताहमा उपभोक्तालाई खाद्य स्वच्छतासम्बन्धी  चेतनामूलक  कार्यक्रम  हुनेछन्।

विभाग  र  मातहतका  कार्यालयबाट  होटल, रेस्टुरेन्ट अनुुगमन निरीक्षण गरी स्तरीकरण लोगो वितरण गरिनेछ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को तथ्याङ्कअनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर  हरेक  वर्ष  झन्डै  ५५  करोड  मानिस  बिरामी हुने गरेका छन् ।

अस्वस्थकर खानाकै कारण बर्सेनि २ लाख ३० हजारको ज्यान जाने गरेको छ । अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा धेरै रोग लाग्ने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज