25.1 C
Kathmandu
Saturday, July 27, 2024

एकै दिन ५ सय ६८ जनामा काेराेना पुष्टि

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय ६८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी ४८ सय जनाकाे नमुना परीक्षण गर्दा पाँच सय ६८ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ सय ३४ जना पुगेकाे छ । पछिल्लो समय थपिने सङ्क्रमितको सङ्ख्या धेरै र निको हुनेको सङ्ख्या कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यही अवधिमा एक जना सङ्क्रमितकाे ज्यान गएकाे छ ।

थप ६३ हजार तीन सय ७२ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज