24.1 C
Kathmandu
Saturday, July 27, 2024

डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको अर्को बैठक भुटानमा

काठमाडौं २५ भदौ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रले आगामी बैठक भुटानमा हुने भएको छ । नेपालमा आज सम्पन्न भएको ७४औँ बैठकले अर्को सत्रको बैठक सन् २०२२ सेटेम्बर ५ देखि ९ तारिकसम्म भुटानमा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले भाइरस हेपाटाइटिस, एचआइभी तथा यौनरोग नियन्त्रणका लागि दशक मनाउने निर्णयसमेत गरेको छ । यस्तै दक्षिण पूर्वीएशियाली राष्ट्रमा स्वस्थ्य बैठक प्रवद्र्धन गर्ने तथा नसर्ने रोग, मुख र आँखा स्वास्थ्यको रोकथाम तथा नियन्त्रणामा भए गरेका प्रयासलाई थप सुदृढ बनाउनेसमेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

विद्यालय स्वास्थ्य प्रवद्र्धनलाई थप प्रभावकारी बनाउने र विश्व स्वास्थ्य सङ्गठनको २०२२–२०२३ को कार्यक्रम र बजेट बैठकले पारित गरेको छ । नेपालले यस बैठकदेखि अर्को बैठकसम्म नयाँ अध्यक्ष नचुनिँदासम्म समितिको अध्यक्षता गर्नेछ । यही भदौ २२ गतेदेखि नेपालमा भर्चुअलरूपमा भएको बैठक आज सकिएको थियो । बैठकमा समेटिएका १० राष्ट्र नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, पूर्वीटिमोरका स्वास्थ्यमन्त्री सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज