25.1 C
Kathmandu
Saturday, July 27, 2024

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको छैठौँ अधिवेशन, साताव्यापी कार्यक्रमको आयोजना

पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाले आफ्नो छैठौं अधिवेशनको अवसरमा साता व्यापी कार्यक्रमको आयोजना गरेको छ । लोक तथा दोहोरी गितको संरक्षण गर्दै कला र संकृतिको जगेर्ना गर्ने उदेश्यले स्थापना गरिएको प्रतिष्ठानले रचनात्मक कामहरु गर्दै अधिवेशन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष दिपक गदालले जानकारी दिनुभयो । मंसिर २४ गते अधिवेशनको मुल समारोह रहनेगरी त्यस अघि विभिन्न समाजिक तथा मनोरञ्नात्मक कार्यक्रम गर्न लागेको गदालले बताउँनुभयो ।

साताव्यापी कार्यक्रम अनुसार आज मंसिर १८ गते गुप्तेश्वर बेदविदाङ पाठशालामा बटुकहरुलाई खाद्यान्न वितरण गरेको गदालले जानकारी दिनुभयो । यस्तै १९ गते जिल्ला कारागार पर्वतमा मादल बितरण, २० गते जनप्रीय आधारभुत बिद्यालय कुस्मा ९ मा लोकगित प्रतियोगिता, २१ गते हरि प्राथमिक विद्यालय दोबिल्लामा स्टेसनरी सामाग्री बितरण, २२ गते मोदीबेणि बृदाआश्राममा फलफुल बितरण, २३ गते समाज कल्याण आधारभूत बिद्यालय जलजला र समिक्षा गर्ने २४ गते ११ बजे अधिवेशन उद्घाटन हने अध्यक्ष गदालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज