28.1 C
Kathmandu
Saturday, July 27, 2024

चन्द्रागिरि भोलीदेखि केबलकार सन्चालन

काठमाडौँ १८ भदौ । शनिबारबाट चन्द्रागिरि केबलकार सन्चालन हुने भएको छ । कोरोना महामारीका कारण लामो सयमसम्म बन्द रहेको केबलकार शनिबारबाट पुनःसन्चालन हुने केबलकार सन्चालन समितिले जनाएको छ । शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए ।

कोरोनाका कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा भदौ १९  गतेदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने महाप्रबन्धक शाहीको भनाइ छ ।

पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् । पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य बन्दै आएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज