28.1 C
Kathmandu
Saturday, July 27, 2024

पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको पहलमा विद्यार्थीले पाए शैक्षिक सामग्री

पर्वत÷ पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा कुश्मा नगरपालिका वडा नं.–४ निवासी पुनम बसेलले शैक्षिक सामग्री उपलब्ध गराएका छन् । उनले आफ्ना छोराहरुको जन्मदिनमा हुने फजुल खर्च कटाएर आइतवार दिउँसो एक कार्यक्रमका बीच उक्त सामग्री उपलब्ध गराएका हुन् ।
पूर्णेश्वर माविको प्राङ्गणमा भएको उक्त कार्यक्रममा बसेलले विपन्न तथा जेहेन्दार ३१ जना विद्यार्थीहरुलाई शैक्षिक सहयोग उपलब्ध गराएका थिए । उनले कक्षा केजीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई स्कूल व्याग सहित एक शैक्षिक सत्रलाई आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराइएको हुन् ।

कुश्मा ४ निवासी प्रशान्त बसेल र श्रीषन बसेलको जन्मदिनको अवसरमा बाबु पुनमले सो सहयोग उपलब्ध गराएका हुन् । शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि तथा पूर्णेश्वर भूपू समाजका संरक्षक गणेश शर्मा पौडेलले जन्मदिनको अवसरमा प्रशान्त र श्रीषन बसेलको उच्च शैक्षिक सफलता र दीर्घायूको कामना गर्दै शैक्षिक सहयोग प्रदान गर्ने परिवारप्रति आभार व्यक्त गरेका थिए । उनले आज सहयोग लिने विद्यार्थीहरुले भोलि गएर आफूपनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने हैशियतमा पुग्न कार्यक्रमबाट प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. १० का वडाअध्यक्ष रामचन्द्र सुवेदी, पूर्णेश्वर माविका प्रधानाध्यापक नारायण अर्याल, भूपू समाजका अध्यक्ष राजु पौडेल, पूर्णेश्वर भूपू समाजका पूर्व कार्यसमिति सदस्य शोभाखर खनाललगायतले जन्मदिनको अवसरमा शुभकामना सहित विद्यालयमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । समाजका अध्यक्ष राजृु पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन भूपू विद्यार्थी समजका सचिव सन्तोष पौडेलले गरेका थिए ।

सामुदायिक विद्यालयमा रचनात्मक कार्य गरी सहयोग गरेको भन्दै पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले अमेरिका बस्दै आएका पुनम बसेललाई भाई राजेश बसेल मार्फत प्रशंसा पत्र प्रदान गरेको थिए ।
यस अघि प्रमुख अतिथि, अतिथि तथा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुले दियो बालेर प्रशान्त बसेल र श्रीषन बसेलको दीर्घजीवन र शैक्षिक सफलताको लागि सामुहिक कामना गरेका थिए ।
विद्यार्थी, अभिभावक, शिक्षक तथा पूर्व विद्यार्थीहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको बीचमा विद्यार्थीद्वारा सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज