30.1 C
Kathmandu
Saturday, July 27, 2024

कुश्मा नगरपालिका भित्र सञ्चालित विद्यालयहरुका प्रधानाध्यापकहरुको बैठक सम्पन्न !

पर्वत । पर्वतको कुश्मा नगरपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुका प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । आइतवार कुश्मा बजारमा कुश्मा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विविध विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो ।

नगरको समग्र शैक्षिक गतिविधि, आगामी कार्ययोजना तथा कुश्मा नगरपालिकाले शैक्षिक विकास र उन्नयनका लागि चालिने कदमका विषयमा वैठक केन्द्रित रहेको थियो । बैठकमा निजि तथा सरकारी विद्यालयका प्रधानध्यापकले आफ्नो विद्यालयमा भइरहेका शैक्षिक गतिविधि र समस्याका बारेमा जानकारी गराएका थिए । अधिकांस प्रधानध्यापकहरुले दरबन्दी मिलान नभएका कारण विद्यालयहरु समस्यामा परेको गुनासो गरेका थिए । त्यस्तै,उनीहरुले नगरपालिकाले शैक्षिक योजना बनाउनुपर्ने, शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने र बेलाबेलामा विद्यालयहरु अनुगमन गर्नुपर्ने बताएका थिए ।

बैठकमा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नगर भित्रका विद्यालयहरुको भौतिक र शैक्षिक गुणस्तर बढाउँन आफु लागि रहेको बताउँनुभयो । जोशीले दरबन्दी मिलान गर्न केही नितिगत कुराहरुले नसकेको स्विकार गर्दै छिटै दरबन्दी मिलान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सो अवसरमा शिक्षक वौद्धिक वर्ग भएकाले शैक्षिकसंगै सामाजिक रुपमा पनि परिचान हुनपर्नेमा जोड दिनुभयो ।

कुश्मा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न बैठकमा स्वागत शाखाका अधिकृत अर्जुन पौडेलले र सञ्चालन शाखाकै दिपक सुवेदीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज