25.1 C
Kathmandu
Saturday, July 27, 2024

जन्मदिनको अवसरमा पौडेलद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

पर्वत – सामाजिक अभियान्त अर्जुन पौडेल निर्जनले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग गरेका छन् ।विपन्न समुदायका बालवालिकाहरुले अध्ययन गर्ने कुश्माको बाल मन्दिर प्रा.विका ५ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई उनले सामाग्री सहयोग गरेका हुन । आफ्नो ३८ औं जन्मोत्सवको अवसरमा उनले शैक्षिक सामाग्रीहरु झोला, ड्रेस सेट,पोलर हाइनेक,सुईटर र कपि वितरण गरेका हुन ।

बाल मन्दिर प्रा.विद्धारा छनोटमा परेका कक्षा १ का दिप कुमाल,कक्षा २ का दिपेश परियार,कक्षा ३ का संस्कृति बोहोरा,कक्षा ४ का सञ्जना सार्की र कक्षा ५ का विना श्रीसले उक्त शैक्षिक सामाग्री प्राप्त गरेका हुन ।

विद्यालयमा आयोजना गरिएको औपचारीक कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता अर्जुन पौडेल निर्जनले वि.स २०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा विपन्न र श्रमजिवीका छोराछोरीले अध्यायन गरेको हुँदा जन्मदिनमा फजुल खर्च काटेर उनीहरुको सहयोगी हुँदा सन्तोष प्राप्त हुने भन्दै सहयोग गरेको बताए । साथै,आफु जिल्ला बाल संगठनको अध्यक्षका नाताले यस्ता विद्यालयको उत्थानमा राज्यका संयन्त्रसँगको सहकार्यमा सहयोग माग्न सधै लाग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज