25.1 C
Kathmandu
Saturday, July 27, 2024

मनकारी सेन्चुरीले गरे आफुलाई अध्यापन गराउँने शिक्षकलाई सम्मान र विद्यार्थीलाई शैक्षिक समाग्री वितरण

पर्वत । समाजसेवी सुमन सेन्चुरीले जलजला गाउँपालिका वडा नं ६ सालिजा तारेमा रहेको तारामण्डल आधारभुत विद्यालयका शिक्षकलाई सम्मान र विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन् । शुत्रबार विद्यालयको बार्षिक नतिजा प्रकाशनको अवसरमा आफुलाई अध्यापन गराउँने शिक्षकलाई सम्मान र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेका हुन् ।

आफुलाई क, ख चिनाउँने गुरुलाई किहिल्यै भुल्न नसकिने र उहाँहरुको योगदानको गुन तिर्न नसके पनि आफ्नो मनको शान्तिका लागि आफुलाई पढाउँनुभएका गुरुहरुलाई सम्मान गरेको सेन्चुरीले बताए । त्यस्तै आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरुको हौसलाका लागि विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई आफ्नो स्वर्गिय वुवा फौजसिंह वि.कको सम्झनामा शैक्षिक समाग्री गरेको बताए ।

जलजला गाउँपालिका वडा नं ६ सालिजा स्थायी घर भएका सेन्चुरी रोजगारीको शिलशिलामा कोरिया छन् र हाल भने उनी विदाको समयमा आफ्नो जन्मभुमि आएका छन् । उनले कोरिया रहँदा पनि विभिन्न समाजिक कामहरु गर्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज