30.1 C
Kathmandu
Saturday, July 27, 2024

बुवाको सम्झनामा छात्रवृति कोषको स्थापना

अछाम १५ कात्तिक । साँफेबगर नगर पालिका वडा नम्वर १० स्थित घुघुरकोट माध्यमिक विद्यालयमा सोमबार स्यानीय लक्ष्मण खड्काले आफनो बुवाको सम्झनामा छात्रवृति कोषको स्थापना गरेका छन् । जेहेन्दार,अतिबिपन्न वर्गका विद्यार्थीलाई केही राहत होस् भन्ने उदेश्यका साथ बुवा काशीराम खड्काको नाममा दुई लाख ५१ हजार १ सय १ राशीको छात्रवृति कोषको स्थापना गरेका हुन् ।

उक्त कोषको लक्ष्मण खड्काले एक कार्यक्रमकाबीच घोषणा गर्नुभएको हो । कोषका संस्थापक लक्ष्मण खड्का कार्यक्रममा बोल्दै भने मैले क,ख,रा पढेको यो विद्यालयको माया र यहाँ अध्यन गर्ने गरिव जेहेन्दार विद्यार्थीहरुलाई केही राहत होस् भन्ने उदेश्यले यो सानो प्रयास गरेको हुँ ।

खड्का नेपाल सरकारका सेवानिबृत उपसचिव (प्रमुख जिल्ला अधिकारी) हुन भने हाल लोकसेवा आयोग सुदुरपश्चिम प्रदेश सदस्य हुन् । स्थापना गरेको कोषको प्राप्त ब्याजबाट प्रत्येक वर्ष एसइइमा सबै भन्दा बढी अंक प्राप्त गर्ने एक जना र दलित बिद्यार्थीहरु मध्यबाट प्रथम हुने १ जना जेहेन्दार बिद्यार्थीलाई पुरस्कृत गरिने छ ।

कार्यक्रमको अध्यक्षता विव्यस अध्यक्ष शंकर भण्डारीले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि हर्कबहादुर कुँवर गोविन्द विशिष्ठ अतिथि लक्ष्मण खड्का रहनु भएको थियो  ।

कार्यक्रममा वडा अध्यक्ष लालबहादुर खड्का,प्रकाश शाह, जंग बिक,कर्ण खड्का, शिव खड्का,ललित बोगटी, विएस ओड, बालाराम भाट,बेतालमाडौँ माविका प्रधानाध्यापक धर्मेन्द्र शाह, वास्मती भुल, हस्त भुल, लगायत समाजसेबी,बुद्धिजिबी अभिभावकहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज