19.1 C
Kathmandu
Friday, October 25, 2024

सेयर बजारको उकालो यात्रामा निरन्तरता

काठमाडौं । अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार उकालो लागेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १५.४६ प्रतिशतले बढेर २११९.६९ बिन्दुमा बन्द भएको छ ।

कारोबार अवधिभर ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँमा किनबेच भयो ।

यस दिन उत्पादन तथा प्रशोधन र फाइनान्स बाहेक ११ वटा उपसूचकमा हरियाली छाएको छ । लगानीकर्ताहरू विकास बैंक समूहतर्फ आकर्षित भएका छन् ।
बिहीबार १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घट्यो । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज एनआएन इन्फास्टक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३० करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आँखु खोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

यता दोर्दी खोला जलविद्युत, सानिमा बैंकको ऋणपत्र, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र इमर्जिङ नेपालका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज