महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट

2

महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ । महोत्तरीको भंगहा नगरपालिका(१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले बाक्सी आरोपमा आफूमाथि कुटपीट भएको दाबी गरेकी हुन् ।

कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ । गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमा पसेर आफूमाथि कुटपीट गरेको घाइते जगतारनले बताइन् ।

कुटपीट गर्ने राजेशको आफन्तका दुई महिनाअघि दुई महिने शिशुको मृत्यु भएको थियो । त्यसैबेलादेखि उनले टुनामुना लगाएको भन्दै बोक्सी भनेर गालीगलोज गर्ने गरेको र सोमबार घरमै पसेर गालीगलोज गर्दै आफूमाथि लात, मुक्का, फाइटले शरीरको विभिन्न भागमा कुटपिट गरी घाइते बनाएको पीडित जगतारनको आरोप छ । जगतारको पति वैदेशिक रोजगारीमा छन् ।

यता महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जगतारनमाथि समान्य विवादमा कुटपिट भएको बताए । तर बोक्सी आरोपमा भएको भन्ने जानकारीमा नआएको डिएसपी जयसवारको भनाइ छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here