28.1 C
Kathmandu
Saturday, July 27, 2024

विदेश पठाइदिने भनेर ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त छन् ।

यो समूहले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आकर्षक तलब भत्ता पाउने गरी रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाउने विज्ञापन गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

त्यसका आधारमा सम्पर्कमा आएकाहरुलाई बैंक खातामा निश्चित रकम जम्मा गर्न लगाउने गरको थिए । त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, पोलिस रिपोर्टलगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कबिहीन हुन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितले जसको खातामा रकम जम्मा गरेको हो, उसैका विरुद्ध उजुरी दिने गरेका थिए । तर, यो समूहले अरुकै खातामा रकम जम्मा गर्न लगाउने र चेकमार्फत रकम निकाल्ने गरेको पाइएको छ । त्यसरी रकम जम्मा गर्न खाता प्रयोग भएका राजुकुमार बस्नेतविरुत बैदेशिक रोजगार ठगी मुद्दा चलेको र, अदालतले मागेको धरौटी तिर्न नसकेका डिल्लीबजार कारागारमा रहेको प्रहरीले जनाएको छ ।

यो समूहले ३०० भन्दा बढीबाट १५ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीको आशंका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज