28.1 C
Kathmandu
Saturday, July 27, 2024

कराँते प्रशिक्षकले १६ वर्षीय किशोरीलाई बलात्कार घटना सार्वजनिक

काठमाडौं ९ कात्तिक । काठमाडौँको सतुंगलमा कराँते सिकाउने ‘गुरु’ले आफूसँग कराँते सिक्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । सतुंगल डोजोमा कराँते सिकाउने ३५ वर्षीय सागर शाहीले बलात्कार गरेको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुर गरेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१० सुख्खड घर भएका शाहीले २०७८ भदौमा १६ वर्षीया किशोरीलाई सतुंगलमा बलात्कार गरेका हुन् । प्रशिक्षक शाही बिरुद्ध कालिमाटी स्थित महिला सेलमा उजुरी परेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।

किशोरीलाई प्रशिक्षक शाही र कराँते खेलाडी सन्देश बाँस्कोटाले रौतहटमा सामूहिक रूपमा पनि बलात्कार गरेको आरोप छ । १९ वर्षीय बाँस्कोटालाई काठमाडौँ प्रहरीले असोज १२ मा पक्राउ गरेको थियो । रौतहटको चन्द्रपुरमा आयोजित ‘मेयर कप राष्ट्रिय प्रतियोगिता–०७७’ मा सहभागी हुन जाँदा उनीहरूले सामूहिक रूपमा बलात्कार गरेका थिए ।

सन्देशलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको एसपी बस्नेतले बताए । ‘चन्द्रपुरमा २०७७ फागुन ८ मा दुईजनाले बलात्कार गरेको जाहेरी परेको छ,’ एसपी बस्नेतले भने–‘घटनाबारे हामी अनुसन्धान गरिरहेका छौँ ।’ ३५ वर्षीय सागर चाहिँ फरार छन् । काठमाडौँमा सागर शाहीले र चन्द्रपुरमा दुवैजना मिलेर सामूहिक बलात्कार गरेको किशोरीले प्रहरीलाई बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज