30.1 C
Kathmandu
Saturday, July 27, 2024

सूडान : सैन्य कू विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारी, सातको मृत्यु

एजेन्सी ९ कात्तिक । सूडानमा सैन्य कूको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा सातजनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् । सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ ।

सेनाले आपतकालको घोषणा गर्र्दै प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ । सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरुको गिरफ्तारीका लागि सेना घर–घर गइरहेको बताइएको छ ।

संसारभरी यो सैन्य कूको आलोचना भइरहेको छ र अमेरिकाले सूडानलाई दिइने ७० करोड डलरको मद्दत रोकेको छ ।  सैन्य कूको नेतृत्व गर्ने जनरल अब्देल फतह अल बुरहानले यो सैन्य कारवाहीका लागि राजनीतिक झगडालाई जिम्मेवार बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज