28.1 C
Kathmandu
Saturday, July 27, 2024

१०० किलो सुन तस्करी प्रकरण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बरामद गरिएको सुन तस्करी प्रकरणमा केही कर्मचारीलाई निलम्बनको तयारी गरिएको छ ।

उक्त प्रकरणमा भन्सार कार्यालयका सम्बन्धित कर्मचारीलाई निलम्बनको तयारी गरिएको भन्सार विभागका सूचना अधिकारी एवं निर्देशक पुण्यविक्रम खड्काले जानकारी दिए ।

“ऐनअनुसार कारबाही गर्छौँ । प्रक्रियामा जान्छौँ । बुझ्नुपर्‍यो । छानबिन गर्नुपर्‍यो । गर्छौँ,” उनले भने, “छानबिन गर्दा निलम्बन त गर्नुपर्‍यो । कानुनमा भएका सबै व्यवस्थाहरूको कार्यान्वयन गरिन्छ ।”

उनका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल हाल बिदामा छन् । उनको अनुपस्थितिमा उपसचिव नारद गौतमले जिम्मेवारी सम्हालेका छन् । उनी मातहत अरू कर्मचारी छन् ।

तर, कार्गो भवनस्थित आयाततर्फ खटिएका कर्मचारीमाथि मात्र अनुसन्धान गरिने उनले स्पष्ट पारे ।

राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको उनले बताए । अनुमानित १०० किलो सुन बरामद गरिएको हो । नेपाल राष्ट्र बैंकमा लगेर जोखेपछि सुनको यकिन तौल थाहा हुने उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज