28.1 C
Kathmandu
Saturday, July 27, 2024

फ्रान्स दंगा : १३०० बढी पक्राउ, ४५ हजार प्रहरी परिचालन

काठमाडौं । गत मंगलबारदेखि फ्रान्समा जारी विरोध प्रदर्शनका क्रममा एक हजार ३०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले कार चलाइरहेका १७ वर्षीय किशोर एम नाहेललाई रोकर गोली हानी हत्या गरेपछि विभिन्न सहरमा विरोध चर्किएको थियो ।

विरोध प्रदर्शन नियन्त्रण गर्न फ्रान्सभर ४५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचाल गरिएको छ । प्रदर्शनका क्रममा सयौँ गाडी, घर, भवन एवं सार्वजनिक स्थानमा तोडफोड एवं आगलागी भएको छ ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले विरोध प्रदर्शन कम हुँदै गएको भन्दै प्रहरीको प्रशंसा गरेका छन् । सुरक्षाकर्मीहरुको हस्तक्षेपले प्रदर्शन शान्त हुँदै जाने विश्वास गरिए पनि अधिकारीहरु ढुक्क भने नभएको बताइएको छ ।

प्रदर्शनकै कारण फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले आइतबारदेखिको जमर्नीको भ्रमण शनिबार स्थगित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज