28.1 C
Kathmandu
Saturday, July 27, 2024

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गर्नुभएको छ । यस कार्यका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरु आपसमा समन्वय गरेर प्रभावकारी रुपमा अघि बढ्न पनि उहाँले आह्वान गर्नुभयो ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले सो आह्वान गर्नुभएको हो । राष्ट्रपति भण्डारीले उक्त प्रतिष्ठानलाई पनि स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नति र दक्ष जनशक्ति उत्पादनका लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज