28.1 C
Kathmandu
Saturday, July 27, 2024

मोदी गाउँपालिकाले दुध उत्पादनमा अनुदान दिने

पर्वत । जिल्लाको मोदी गाउँपालिकाले दुध उत्पादनमा अनुदान दिने भएको छ । चालु आर्थिक बर्षमा सुचना जारी गर्दै मोदी गाउँपालिकाले कृषकहरुले उत्पादन गरेको दुधमा अनुदान दिन लागेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीका अनुसार दुध उत्पादनमा कृषकलाई प्रति लिटर ३ रुपैंया अनुदान उपलब्ध हुनेछ । गाउँपालिकाले पशु सेवा शाखा मार्फत कृषकलाई दुधमा अनुदान उपलब्ध गराउन लागेको हो ।

दुग्ध सहकारीहरुले यस्तो अनुदानका लागि निवेदन दिनसक्नेछन् । दुध उत्पादन गरी बजारमा ब्यवसायीक रुपमा बिक्री गरिरहेका कृषकहरुलाई सहकारी मार्फत अनुदान उपलब्ध गराउन लागिको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीको भनाई छ ।

गाउँपालिका भित्रका कृषकहरुले सहकारी मार्फत दुध विक्रीको ब्यवस्थापन गरेको अवस्थामा यस्तो अनुदान कृषकले पाउने भएका छन् । कृषकले कुल बर्ष भरीमा उत्पादन भएर बिक्रि भएको दुधको प्रमाणित रेकर्ड सहित सहकारी मार्फत गाउँपालिकामा निवेदन दिएमा गाउँपालिकाले प्रति लिटर ३ रुपैंयाका दरले अनुदान उपलब्ध गराउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज