25.1 C
Kathmandu
Saturday, July 27, 2024

बेलायतमा पहिलो पटक अहिले सम्मकै धेरै पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना हुँदै

बेलायत-म्याग्दी भलिबल क्ल्ब (मोना) युकेको आयोजनामा बेलायतमा पहिलो पटक अहिले सम्मकै धेरै पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो। चौथो मोना भलिबल प्रतियोगिता २०२२ अन्तर्गत महिला पुरुष र प्रौढ भलिबल प्रतियोगिता आयोजना हुन लागेको मोना युथ युकेका उपाध्यक्ष तारा गर्बुजाले जानकारी दिनु भयो। युकेमा रहनुभयका सम्पुर्ण म्याग्देलीहरुको भेला गर्ने उदेश्यले आयोजना गरियको उक्त प्रतियोगितामा पुरुष तर्फ प्रथम हुनेले नेपाली रु २ लाख ५० हजार रुपैयाँ दोस्रो हुनेले रु १ लाख ५० हजार ट्रफी प्राप्त गर्ने छन भने,महिला तर्फ प्रथम हुनेले नेपाली रु १ लाख ४० र दोस्रो हुनेले रु ९० हजार रुपैया र ट्रफी प्राप्त गर्ने छन र रनिङ सिल्ड पनि प्राप्त गर्ने छन भने प्रौड भलिबल तर्फ प्रथम हुनेले रु १ लाख ५० हजार र दोस्रो हुनेले रु ९० हजार रुपैयाँ प्राप्त गर्नेछन।साथै छेलो फाल्ने प्रतियोगिता समेत आयोजना गरियको छ। यहि जुलाइ 2 तारिकको दिन Rushmoor saints football ground Aldershot Gu11 1pt मा आयोजना हुने उक्त प्रतियोगितामा ३० समूह भन्दा धेरैको सहभागिता रहने आयोजकले जनायको छ।

भलिबल समापन पश्चात् डान्स पाटी

साथै उक्त भलिबल प्रतियोगिता समापन भय लगत्तै अलडर्सर्टमा रहेको एमपायर हलमा मनोरञ्जनक्क निमित्त डान्स पार्टिको आयोजना समेत गरियको उपाध्यक्ष तारा गर्बुजाले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज