20.1 C
Kathmandu
Saturday, February 1, 2025

वेष्टइन्डिजले दियो अफगानिस्तानलाई २१९ रनको लक्ष्य

काठमाडौं । टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई २१८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१९ रन बनाएको हो ।

पुरणले ५३ बलमा ९८ रनको आक्रामक इनिङ खेले । जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ बलमा २६ रन बनाए ।

अफगानिस्तानका गुलबदिन नाबीले २ तथा नवीन उल हक र फजलहक फारुकीले एकरएक विकेट लिए । जारी विश्वकपमा २१९ को लक्ष्य तथा पुरणको ९८ रन नै उच्च रन हो । समूह सीबाट अफगानिस्तान र वेष्टइन्डिज दुवै अपराजित हुँदै सुपर(८ मा पुगिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज