20.1 C
Kathmandu
Saturday, February 1, 2025

आईसीसी टी २० विश्वकप- पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर एट’मा प्रवेश

काठमाडौं । आईसीसी टी २० विश्वकपमा पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर एट’मा प्रवेश गरेको छ।

शुक्रबार बिहान वेस्ट इन्डिजमा भएको खेलमा पपुवा न्यु गिनीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर ८ मा पुगेको हो । अफगानिस्तानले १५ ओभर १ ओभरमा ३ विकेट गुमाएर १ सय १ रन बनाउँदै लक्ष्य पार गरेको हो ।

जितसँगै अफगानिस्तान समूह ‘सी’बाट सुपर आठमा पुगेको हो। यसअघि सो समूहबाट वेस्ट इन्डिज सुपर एटमा पुगिसकेको छ । टस हरेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले १९ ओभर ५ बलमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो ।
समूह ‘सी’ तालिकामा तीन खेल खेलेको अफगानिस्तान ६ अंकसहित पहिलो र समान खेलबाट समान अंक बटुलेको वेस्ट इन्डिज दोस्रो स्थानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज