17.1 C
Kathmandu
Tuesday, January 28, 2025

गठ्ठाघरमा दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा विहिबार भएको सवारी दुर्घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले दुर्घटना हुनुको कारणसहित गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।

उक्त दुर्घटना हुनुमा असुरक्षित तवरले गरिएको ट्राफिक जाँच जिम्मेवार भएको स्थानीयको आरोप रहेको छ । ट्राफिक प्रहरीले जथाभावी चेक प्वाइन्ट राखेर चेकिङ गरेकैले घटना भएको भनेर सामाजिक सञ्जालदेखि घटनास्थलसम्म आलोचना भइरहेको छ ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट फरार भएका ट्रक चालकलाई नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज