8.1 C
Kathmandu
Sunday, February 2, 2025

पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।

सडकमा ठूलो पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने उनले बताए । रासस

सम्बन्धित समाचार

ताजा न्यूज