11.1 C
Kathmandu
Wednesday, February 5, 2025

विद्युत् प्राधिकरणले गर्‍यो ६ उद्योगको लाइन जोड्ने निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकबाट त्यस्ता ६ वटै उद्योगमा लाइन जोड्ने निर्णय गरेका प्राधिकरण सञ्चालक समितिले जनाएको छ ।

काटिएका उद्योगमा आजै लाइन जोड्ने निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिए । गएको असार २५ गतेदेखि महसुल नतिरेको भन्दै प्राधिकरणले ६ उद्योगमा लाइन काटेको थियो ।

तीन महिनाभित्र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता महसुल उठाउने निर्णय समेत गरिएको उनले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज