15.1 C
Kathmandu
Monday, January 27, 2025

शिक्षाका समस्यालाई सबै मिलेर ध्यान दिन जरुरी छ- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरूमा अशान्ति नमच्चाउन आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहधसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरूमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका हुन् ।

उनले शिक्षाको सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र समाज नै जिम्मेवार हुने भन्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।

विद्यालय क्षेत्र शान्ति क्षेत्र भएको भन्दै आफैँले अशान्ति गरेर शान्ति खोज्ने भन्दै प्रतिप्रश्न गरे ।

‘शिक्षाको सम्बन्धमा म के भन्छु भने हरेकले शिक्षामा व्यवस्थापनदेखि लिएर, शिक्षक, विद्यार्थी, अभिभावक, समाज हरेक पक्ष जिम्मेवार भएर । ताला अरुले लाउन आउने त होइन । आफैँ ताला लाउने अनि पढाइ भएन भन्नेरु’, ओलीले भने, ‘शिक्षालय, विद्यालय भनेको शान्ति क्षेत्र हुनुपर्ने । विश्वविद्यालय, महाविद्यालयहरू शान्ति क्षेत्र हुनुपर्ने । ती ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरि शान्ति भएन भन्नेरु त्यस खालका तरिकाहरू हरेकले छोड्नुपर्छ । र जिम्मेवार ढंगले शिक्षाको उन्नति कसरी हुनसक्छरु शिक्षाका समस्या सबै मिलेर कसरी गर्न सकिन्छरु यस कुरामा जिम्मेवारीबोधका साथ सबैले ध्यान दिन जरुरी छ ।’

सम्बन्धित समाचार

ताजा न्यूज