काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नेपाल विद्युत् प्राधिकरणका दुईजनालाई सरकारले नियम उल्लंघन गरेर बर्खास्ती गरेको भन्दै आपत्ती जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।
सरकारले आइतबार सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको स्पष्टीकरण चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो ।
‘नेपाल विद्युत प्राधिकरणका कपिल आचार्य र भक्तबहादुर पुन दुईजनालाई सरकारले नियम उल्लंघन गरेर बर्खास्ती गरेको छ,’ सापकोटाले भने, ‘म यो घटनाको खण्डन गर्न चाहन्छु। भत्र्सना गर्न चाहन्छु। सरकार देशमा अटोक्रेसि चलाउन खोजेको कुराको आशंका व्यक्त गर्न चाहन्छु।’