20.1 C
Kathmandu
Saturday, February 1, 2025

कर्णालीमा सहभागी कांग्रेसका चार मन्त्रीको शपथ आज हुँदै

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीको शपथ आज हुने भएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलले चार मन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेकाले आज दिउँसो शपथ हुन भएको हो ।

प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यतालिका तय भएको जनाएको छ ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउने छन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जन मन्त्रीको नाम पठाएको थियो । सरकारमा सहभागी हुनेमा आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजय बुढा छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज