10.1 C
Kathmandu
Thursday, January 30, 2025

एमालेलाई विभाजनको घाउ पचाउन गाह्रो भएर ओली नआएको हुन सक्ने माधव नेपालको टिप्पणी

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमालेले विभाजनको घाउ पचाउन गाह्रो भएर ओली नआएको हुन सक्ने उनले टिप्पणी गरेका छन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पार्टी महाधिवेशन उद्घाटनका क्रममा आइतबार उनले आफूले पटक–पटक फोन गर्दा पनि ओलीसँग सम्पर्क नभएको सुनाए ।

“एमाले किन आएन भन्ने जिज्ञासा होला, फोन गरेको छु, फोन लागेन । पीएलाई पटक–पटक फोन गरेको छु, मेसेज गरेको छु । पाएको सूचना आएको थियो,” उनले भने, “भर्खर तीन वर्ष भएर होला, आलो घाउ पचाउन गाह्रो भएको होला । आन्दोलनमा यस्तो भइरहन्छ ।”

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी मिलाउन मूल नेतृत्वले पहल गर्नुपर्ने बताए । समाजवादी मोर्चालाई अघि बढाउन उनले प्रस्ताव पनि गरे ।

“फोन गरेको हो, तर एउटा घटक अझै हामीसँग काम गर्न तयार भएको छैन,” ओलीप्रति इंगित गर्दै उनले भने, “जोजो मिलेर भए पनि मोर्चा अघि बढाउनुपर्छ । पार्टी बलियो भएपछि भूमिका खेल्न सक्छ ।”
महाधिवेशन उद्घाटनमा राप्रपाका नेता आउने आस भए पनि किन नआएको भन्ने बुझ्न नसकिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज