14.1 C
Kathmandu
Thursday, January 30, 2025

समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको झलनाथ खनालको जिकिर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको जिकिर गरेका छन् ।

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा बोल्दै उनले एमालेको नवौँ महाधिवेशनमा आफूले उक्त नारा प्रयोगमा ल्याएको बताए ।

“समृद्ध नेपाल, सुखी नेपालीको नारा नवौँ महाधिवेशनमा मैले ‘क्वाइन’ गरेको हो । अहिले केही साथीहरू त्यसको नारा लगाएर हिँडेका छन्,” उनले भने ।

सम्मानित नेता खनालले महाधिवेशनबाट सकेसम्म सहमतिका साथ नेतृत्व चयन गर्न प्रस्ताव पनि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज