काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएको कुरा अखबारबाट थाहा पाउनुपर्ने दुर्भाग्य भएकोमा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले सदनलाई बिर्सेको भन्दै प्रधानमन्त्रीको आलोचना समेत गरे ।
‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको पनि एक साता भइसकेको छ । पाँच दिनसम्म यहाँ आउन सक्नुभएन उनले भने, प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेका थियौं भारतको भ्रमणबारे सदनमा आएर जानकारी गराउनुहोला भने र।
उनले प्रधानमन्त्री देश बाहिर गएको कुरा पत्रिका थाहा पाउनुपर्ने दुर्भाग्य भएको बताए । प्रधानमन्त्रीले सदनको न्यूनतम गरिमा नराखेको उनले सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए ।