15.1 C
Kathmandu
Monday, January 27, 2025

त्रिविको वेबसाइट नखुल्दा विद्यार्थी नतिजा हेर्नबाट बञ्चित

काठमाडौं। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको वेबसाइट नखुल्दा विद्यार्थीहरु नतिजा हेर्नबाट बन्चित भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले २०८० साउन र भदौमा सञ्चालन गरेको व्यवस्थापन संकायतर्फको बीबीएस दोस्रो वर्षको २०७९ सालको नियमित तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । तर, कार्यालयको वेबसाइट नखुल्दा विद्यार्थीहरूले नतिजा हेर्नबाट बन्चित भएका हुन् ।

बीबीएस दोस्रो वर्षको नतिजा हेर्न नपाएको र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्दा पनि सम्पर्क नै नभएको विद्यार्थी जीवन खड्काले बताए ।

उनले भने, ‘एकवर्षपछि नतिजा आयो हेर्न खोज्दा साइट नै खुल्दैन । फोन गर्दा पनि उठ्दैन ।’ परीक्षा नियन्त्रण कार्यालयले भने डेटा धेरै भएको कारण ‘सर्भर ह्याङ’ भएपछि काम भइरहेको जनाएको छ ।

परीक्षा सह-नियन्त्रण कार्यालय स्रोतले भन्यो, ‘डेटा धेरै भएकोले सर्भर ह्याङ भएको भन्ने छ । काम भइरहेको छ । छिटै समाधान होला ।’

सम्बन्धित समाचार

ताजा न्यूज