15.1 C
Kathmandu
Monday, January 27, 2025

एक लाख ८७ हजार विद्यार्थी ‘ननग्रेडेड’

काठमाडौं । वि.सं. २०८१ को कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ विद्यार्थी ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

वाग्मतीका ३८ हजार १४६ विद्यार्थी ननग्रेडेड भएका हुन् । यस्तै कोसीका ३५ हजार १३१, लुम्बिनीका ३४ हजार ६८६, मधेसका २६ हजार ८६, सुदूरपश्चिमका २१ हजार ५८२, गण्डकीका १६ हजार ३३ र कर्णाली प्रदेशका १५ हजार ३३७ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

उनीहरूले दुई विषयमा ग्रेडवृद्धि परीक्षा र सोभन्दा बढीमा ननग्रेडेड भए अर्को वर्ष पुनः परीक्षा दिन पाउनेछन् । यो वर्ष कक्षा १२ को परीक्षामा ३ लाख ९० हजार ६८६ विद्यार्थी सहभागी थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज