काठमाडौं । प्रिओपन सेसनमा नेप्से साढे १५ अंकले बढेको छ।
आइतबार ९४.४६ अंक बढेर २८६०.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.६४ अंक बढेर २८७६.४८ विन्दुमा पुगेको छ ।
सोमबार प्रि ओपन सेसनमा १२१ स्टकको कारोबारमा २ करोड ६५ लाख ३२ हजार ६३८ रुपैयाँ ३५ पैसा बराबरको ६४ हजार २३४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ८० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २० स्टकको मूल्य स्थिर रहेको छ ।