काठमाडौं । सुनको मूल्य ह्वात्तै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कीर्तिमान कायम गरेपछि सुनको मूल्य २ हजार ३ सय रुपैयाँ सस्तो भएको हो।
योसँगै मंगलबार छापावाल सुन १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन १ लाख ५० हजार रुपैयाँ प्रतितोला पुगेको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ। योसँगै चाँदी आज १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भने २ हजार ३ सय ९६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा सुनको कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।