20.1 C
Kathmandu
Saturday, February 1, 2025

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन ९एफपीओ० बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट भएको हो ।

कम्पनीको एफपीओ आवेदन दिएकामध्ये चार हजार ६७२ जनालाई १० कित्ताका दरले प्राप्त गरेका छन् भने १५ लाख ६३ ५८ हजार ६५० जनको हात खाली भएको छ ।

एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन परेको थियो । जसमध्ये १ हजार १०१ आवेदन रद्द भएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी दिएको छ । कुल १५ लाख ६३ हजार ३२२ आवेदन स्वीकृत भएको थियो ।

जसका आधारमा साढे चार हजारले एफपीओ प्रप्त गर्दा साढे १५ लाखको हात खाली भएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज