काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ३२ अंकले बढेको छ । बजार परिसूचक २ हजार ५६८ दशमलव ११ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार भने बजार २७ दशमलव ३२ अंकले घटेर २ हजार ५३६ दशलव ११ अंकको बिन्दुमा पुगेर बन्द भएको थियो ।
आज कारोबार रकममा भने गिरावट आएको छ । उक्त दिन १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ । तर, बुधवार भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।